गोठाटारको प्रतिक्षालयमा ४५ वर्षीय पुरुष मृत फेला

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारस्थित एक प्रतिक्षालयमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

नेपाल प्रहरीका अनुसार ओम चोकमा रहेको प्रतिक्षालयमा सोमबार अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन्। मृतकको पहिचान खुल्न सकेको छैन। घटनाको जानकारी पाएपछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। मृतकको मृत्युको कारणबारे भने थप अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।

Back To Top
Modern Footer Design