सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य आज तोलामा २ हजार ४ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। आइतबार सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर आज ४ हजार ६ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

Back To Top
Modern Footer Design