काठमाडौं । रसुवामा रहेको १२० मेगावाट क्षमताको रसुवा–भोटेकोशी जलविद्युत आयोजनाको केबल टनेलभित्र एक जनाको शव फेला परेको छ।
नेपाली सेनाका अनुसार मंगलबार आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोन प्रयोग गरी खोजी गर्ने क्रममा शव भेटिएको हो। बाढी आएपछि आयोजनामा कार्यरत चार जना सम्पर्कविहीन भएका थिए। उनीहरूको खोजी गर्ने क्रममा टनेलभित्र शव फेला परेको सेनाले जनाएको छ।
