काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले वृद्धि भएको हो। आइतबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ मा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँ पुगेको छ। शुक्रबार भने चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँ मा कारोबार भएको थियो। दुई कारोबार दिनमा चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेको हो। महासंघले आइतबार १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार ९० रुपैयाँ निर्धारण गरेको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ३ हजार ९ सय ९५ रुपैयाँ कायम गरिएको छ।

Back To Top
Modern Footer Design