काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को आगामी मंसिरमा गर्ने भनिएको एकता महाधिवेशन अन्योलमा परेको छ।
पार्टीभित्र वैचारिक, सैद्धान्तिक र सांगठनिक विवाद कायमै रहनुका साथै निर्धारित कार्यतालिकाअनुसार तल्ला तहका अधिवेशनसमेत अघि बढ्न नसकेपछि महाधिवेशन तोकिएको मितिमा हुनेमा आशंका बढेको हो। नेकपाको केन्द्रीय संयोजन समितिले मंसिर ११ देखि १५ गतेसम्म एकता महाधिवेशन गर्ने कार्यतालिका यसअघि अनुमोदन गरेको थियो। तर, महाधिवेशनका लागि आवश्यक तयारी अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।
पार्टीका एक उच्च तहका नेताका अनुसार पूर्वमाओवादी केन्द्र र पूर्वएकीकृत समाजवादीबीचको वैचारिक तथा सैद्धान्तिक मतभेद अझै समाधान भएको छैन। राज्यको शासकीय स्वरूपलाई लिएर पनि शीर्ष नेतृत्वबीच फरक धारणा देखिएको छ। ती नेताका अनुसार संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा छन् भने सहसंयोजक माधवकुमार नेपाल सुधारिएको संसदीय प्रणालीको पक्षमा छन्। यही विषयले पनि पार्टीभित्रको वैचारिक मतभेदलाई थप जटिल बनाएको उनको भनाइ छ। पूर्वमाओवादी पक्षले पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा माओवादलाई पूर्ण रूपमा छाड्न नसकेको र पूर्वएकीकृत समाजवादी पक्ष माओवाद स्वीकार गर्ने अवस्थामा नरहेको नेताहरूको भनाइ छ। यही कारण पार्टी एकीकरण भए पनि वैचारिक एकरूपता कायम हुन नसकेको उनीहरूको तर्क छ।
तल्ला तहका अधिवेशन नै अघि बढेनन्
महाधिवेशन कार्यतालिकाअनुसार असार–साउन मसान्तसम्म सदस्यता नवीकरण तथा नयाँ सदस्यता विस्तार गर्नुपर्ने थियो। भदौ १५ गते वडा, भदौ मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने योजना बनाइएको थियो। तर, निर्धारित समय बितिसक्दा पनि अधिकांश तहमा अधिवेशन हुन सकेको छैन। भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले समेत पार्टीका सांगठनिक गतिविधि प्रभावित भएको प्रवक्ता प्रकाश ज्वालाले बताएका छन्।
उनका अनुसार प्रभ
