सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा साइकलमा सवार अर्का एक व्यक्ति घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार शनिबार राति भएको दुर्घटनामा ७० वर्षीय वाल्मीकि रायको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट घाइते भएका मलङ्गवा नगरपालिका–४ का ५९ वर्षीय महेश महतोको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न मोटरसाइकलसहित चालक कविलासी नगरपालिका–६ का रामलोचन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
