भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनाका लागि डब्लुडब्लुएफ नेपालको डेढ करोड सहयोग

काठमाडौँ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारलाई एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।

डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले उक्त रकम कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई हस्तान्तरण गरेका हुन्। रकम हस्तान्तरण गर्दै डा. गुरुङले बाढीबाट प्रभावित कतिपय व्यक्ति अझै सम्पर्कविहीन रहेको र सडक तथा सञ्चार संरचनामा ठूलो क्षति पुगेका कारण प्रभावित समुदायसम्म पुग्न कठिनाइ भइरहेको बताए।

उनले यस्तो अवस्थामा प्रभावित समुदायसँग पुनःसम्पर्क स्थापित गर्न तथा उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकारका तत्कालीन प्रयासमा डब्लुडब्लुएफ नेपालले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। डब्लुडब्लुएफ नेपालले विपद्का कारण प्रभावित समुदायको उद्धार तथा पुनःस्थापनामा आफ्नो तर्फबाट निरन्तर सहयोग गर्ने जनाएको छ।

Back To Top
Modern Footer Design