काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा भीषण आगलागी हुँदा करिब १० वटा घर जलेका छन्।
आगलागी नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन भएका छन्। दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिए। सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मबाट समेत सुरक्षाकर्मी घटनास्थलमा परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए। दोभान क्षेत्रमा करिब ५० घरधुरी रहेका छन्। आगलागीबाट भएको क्षति तथा आगो लाग्नुको कारणबारे थप विवरण आउन बाँकी छ।
