अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्ग भासियो, यातायात प्रभावित

काठमाडाैँ । अछाममा लगातारको वर्षाका कारण पहलमान सिंहस्वाँर मार्गको सडक भासिँदा यातायात सेवा प्रभावित भएको छ।

चौरपाटी गाउँपालिका–६ स्थित दुनीमा आइतबार बिहान सडकको एक भाग भासिएपछि उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख पवीन्द्र बमका अनुसार सडक भासिएपछि यातायात सञ्चालनमा समस्या देखिएको हो। सडक मर्मत गरी सकेसम्म छिटो सवारी आवागमन सहज बनाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण सडक भासिने तथा क्षति पुग्ने जोखिम बढेकाले यात्रु तथा सवारी चालकलाई पनि सावधानी अपनाउन आग्रह गरिएको छ।

Back To Top
Modern Footer Design