नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ : प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध लामो समयदेखि सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर गरेको बिदाइ भेटका क्रममा प्रधानमन्त्री शाहले दुई देशबीचको सम्बन्धबारे धारणा राखेका हुन्। भेटका क्रममा प्रधानमन्त्री शाहले हालै नेपालमा आएको बाढीपहिरो तथा अन्य विपद्का बेला भारत सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे। उनले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै आगामी दिनका लागि शुभकामनासमेत दिएका थिए।

भेटमा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालका क्रममा नेपाल र भारतबीच विभिन्न विकास परियोजना अघि बढेको र केही परियोजना सम्पन्न भएको जानकारी गराएका थिए। श्रीवास्तवले नेपालमा रहँदा आफूलाई सहयोग गर्ने नेपाल सरकार, सरकारी निकाय तथा नेपाली जनताप्रति आभार व्यक्त गर्दै नेपाल बसाइका क्रममा प्राप्त सहयोग र सद्भावका लागि धन्यवाद दिएका थिए।

Back To Top
Modern Footer Design