काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको हो।
मूल्य बढेसँगै सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। अघिल्लो दिन ३ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर प्रतितोला ३ हजार ९ सय ८० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
