काठमाडौँ। प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका छन्।
बुधबार विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूले जवाफ दिइरहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले थप स्पष्टीकरण माग्ने प्रयास गरेका थिए। तर सभामुख डोलप्रसाद अर्यालले उनलाई रोकेका थिए। त्यसपछि पार्टीका सांसदहरूले वेल घेराउ गरेका हुन्। स्थिति नियन्त्रणमा लिन सभामुख अर्यालले सांसदहरूलाई सदनको मर्यादा र आदेशको पालना गर्न सचेत गराएका थिए। उनले भने,सभामुखको आदेशको पालना सबै माननीय सदस्यहरूको कर्तव्य हो। कर्तव्य पालना गर्न सबैलाई सचेत गराउँछु।
