त्रिविको निर्देशन,विभागहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउनुपर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सबै विभागमा रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन जारी गरेको छ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार सूचना प्रकाशित गर्दै त्रिविअन्तर्गतका सबै विभाग प्रमुखलाई सम्बन्धित संरचना हटाई सोको जानकारी निर्देशनालयमा यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेको हो। निर्देशनालयका अनुसार विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयको निर्देशनअनुसार विश्वविद्यालय परिसरमा हुने दलीय हस्तक्षेप न्यूनीकरण गर्दै शैक्षिक वातावरणलाई व्यवस्थित बनाउन यस्तो कदम चालिएको हो।

मन्त्रालयको निर्देशनमा शिक्षा क्षेत्रमा राजनीतिक प्रभावका कारण विद्यार्थीको वास्तविक आवाज ओझेलमा परेको र शैक्षिक गुणस्तरमा समेत असर परेको उल्लेख गरिएको छ। त्यसैले ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउने र ९० दिनभित्र ८८‘स्टुडेन्ट काउन्सिल’८८ वा ८८‘भ्वाइस अफ स्टुडेन्ट’८८ जस्ता वैकल्पिक विद्यार्थी प्रतिनिधित्व संयन्त्र विकास गर्न भनिएको छ। सोही निर्देशन कार्यान्वयन गर्दै त्रिविले सबै विभागलाई आवश्यक प्रक्रिया अघि बढाई प्रगति विवरण छिटो उपलब्ध गराउन निर्देशन दिएको जनाएको छ।

Back To Top
Modern Footer Design