रसुवामा फेरि बाढीपहिरोको सूचना, नारायणगढ–मुग्लिन सडक बन्द

रसुवामा फेरि बाढीपहिरोको सूचना, नारायणगढ–मुग्लिन सडक बन्द

काठमाडौँ । रसुवाबाट पुनः बाढी तथा पहिरो आएको सूचना प्राप्त भएपछि चितवन प्रहरीले नदी तथा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

चितवन जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै बाढीपहिरोको सम्भावित जोखिमलाई ध्यानमा राखी नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन अनुरोध गरेको हो। प्रहरीका अनुसार नारायणगढ हुँदै पोखरा, मुग्लिन र काठमाडौं जाने तथा ती स्थानबाट नारायणगढतर्फ आउने सबै प्रकारका सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा रोकिएको छ। प्रहरीले जोखिमयुक्त क्षेत्रमा नबस्न, सम्बन्धित निकायबाट जारी निर्देशनको पालना गर्न तथा आफू र परिवारको सुरक्षालाई प्राथमिकतामा राख्न सबैमा आग्रह गरेको छ।

Back To Top
Modern Footer Design