काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ।
बैठक बिहान ११ बजेका लागि तय गरिएको भए पनि छलफलका विषय वा एजेन्डाबारे भने संसदीय दलले औपचारिक जानकारी दिएको छैन। कांग्रेस संसदीय दलका अनुसार बैठक संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकमा के–कस्ता विषयमा छलफल हुने भन्नेबारे अहिलेसम्म स्पष्ट पारिएको छैन।
