बर्दियामा बाढीमा बेपत्ता नागरिकको पहिचानका लागि डीएनए नमूना सङ्कलन

बर्दिया । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका बर्दियाका नागरिकको पहिचानका लागि आजदेखि डीएनए नमूना सङ्कलन सुरु गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले बेपत्ता व्यक्तिका नजिकका आफन्तमध्ये बुबा, आमा, छोरा वा छोरीमध्ये एक जनाको डीएनए नमूना सङ्कलन गर्ने जनाएको छ। नमूना सङ्कलन गुलरियास्थित जिल्ला प्रहरी कार्यालयमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। जिल्ला अस्पतालले पनि यस कार्यमा सहयोग गर्नेछ। प्रहरीका अनुसार नमूना दिन आउने आफन्तले परिचय खुल्ने आधिकारिक कागजात र पासपोर्ट आकारका दुई प्रति फोटो अनिवार्य रूपमा ल्याउनुपर्नेछ। दुई दिनसम्म नमूना सङ्कलन गरिने जनाइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दियामा हालसम्म ७४ जना सम्पर्कविहीन छन्। बारबर्दिया, बाँसगढी र गेरुवा गाउँपालिकालगायत क्षेत्रका नागरिक सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

जन्माष्टमीमा सङ्कलित दान बाढीपीडितलाई

नेपालगन्जको कारकाँदोस्थित राधाकृष्ण मन्दिरले श्रीकृष्ण जन्माष्टमीका अवसरमा सङ्कलित दान रकम बाढीपहिरो प्रभावितको राहतका लागि दिने भएको छ। मन्दिरका दुईवटा दानपेटीबाट ३७ हजार ८०८ रुपैयाँ सङ्कलन भएको थियो। उक्त रकम रसुवाका विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ। मन्दिरका सचिव कपिल नेपालका अनुसार विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै भक्तजनबाट प्राप्त रकम राहत कार्यमा प्रयोग गर्ने निर्णय गरिएको हो। बैंक खुलेपछि उक्त रकम कोषमा जम्मा गरिनेछ।

Back To Top
Modern Footer Design