काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा सुरु हुने कार्यतालिका छ। आजको बैठकमा कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ र नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि छलफल हुने भएको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। दुवै विधेयकमाथि प्रतिनिधिसभामा प्रारम्भिक छलफल अघि बढाउने तयारी गरिएको हो।

Back To Top
Modern Footer Design