विपद्पछि काम गर्न संसदीय विशेष समिति गठन

काठमाडौं । हिमालमा बढ्दो जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद्पछि आवश्यक काम अघि बढाउन प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन’ गर्ने प्रस्ताव पेस गरिएको थियो। बैठकमा प्रस्तुत प्रस्तावलाई प्रतिनिधिसभाले सर्वसम्मत रूपमा स्वीकृत गरेसँगै विशेष समिति गठन भएको हो।

Back To Top
Modern Footer Design