काठमाडाैँ । काठमाडौंको कलंकीमा भएको कुटपिटमा परी १८ वर्षीय किशोरको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार दिउँसो आपसी विवादका क्रममा कुटपिट हुँदा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ का रोशन पाख्रिन गम्भीर घाइते भएका थिए। बेहोस अवस्थामा रहेका उनलाई उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
