सुन बढ्यो, चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको भाउमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ८ सय रुपैयाँले महँगिएको हो। महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ थियो। त्यस्तै, मंगलबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ४२ हजार २५ रुपैयाँ कायम गरिएको छ।

यता, सुनको मूल्य बढ्दा चाँदी भने सस्तिएको छ। सोमबार प्रतितोला ३ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २५ रुपैयाँले घटेर ३ हजार ९ सय ७० रुपैयाँमा झरेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ४ सय ४ रुपैयाँ कायम भएको छ। यससँगै मंगलबार बजारमा सुन महँगिएको छ भने चाँदीको मूल्य घटेको छ।

Back To Top
Modern Footer Design