तिहारको रौनकसँगै काठमाडौँमा फूलको चहलपहल, दुई स्थानमा पुष्प मेला

स्वदेशी फूल तथा नर्सरी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् प्रदर्शनी आयोजना

काठमाडौँ । तिहार नजिकिएसँगै काठमाडौँ उपत्यकामा फूलको कारोबार र प्रदर्शनीको चहलपहल बढेको छ। स्वदेशी फूल तथा नर्सरी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले उपत्यकाका दुई फरक स्थानमा पुष्प मेला तथा प्रदर्शनी सञ्चालन भइरहेका छन्।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले ललितपुरको जावलाखेलस्थित खेलमैदानमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गरेको छ। कात्तिक १२ गतेदेखि सुरु भएको प्रदर्शनी सुरुमा कात्तिक १६ गतेसम्म सञ्चालन गर्ने तयारी थियो। तर वर्षाका कारण अवलोकनकर्तालाई असुविधा भएपछि आयोजकले अवधि दुई दिन थप गरी कात्तिक १८ गतेसम्म पुर्‍याएको हो। फ्यानका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार तिहार र छठ पर्वलाई लक्षित गरी आयोजना गरिएको प्रदर्शनीमा ८६ वटा व्यावसायिक स्टल राखिएका छन्। ती स्टलमा गोदावरीसहित करिब ४५० प्रजातिका फूल तथा बिरुवा प्रदर्शनी र बिक्रीका लागि राखिएको छ।

प्रदर्शनीमा फूल र बिरुवाको अवलोकन तथा खरिद गर्न सकिने व्यवस्था छ। त्यस्तै, बिरुवामा लाग्ने रोग तथा कीरा पहिचान गर्न सहयोग पुग्ने डिजिटल एपसमेत निःशुल्क उपलब्ध गराइएको आयोजकले जनाएको छ। करिब ४० हजार दर्शकले प्रदर्शनी अवलोकन गर्ने र डेढ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अनुमान छ। प्रदर्शनीमा पुष्प विकास केन्द्र र राष्ट्रिय फलफूल बाली विकास केन्द्र सहआयोजकका रूपमा रहेका छन्।

तिहारमा ५१ लाखभन्दा बढी माला खपत हुने अनुमान

नेपालमा वर्षभरिमध्ये तिहारको समयमा फूलको माग र कारोबार उच्च हुने गर्छ। विशेषगरी सयपत्री, मखमली र गोदावरी फूलको प्रयोग पूजा, घर सजावट तथा भाइटीकामा लगाइने मालाका लागि बढी हुने गरेको छ। फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्ष तिहारमा काठमाडौँ उपत्यकामा सयपत्री, मखमली, गोदावरीलगायत विभिन्न प्रकारका करिब ५१ लाख ८० हजार माला खपत हुने अनुमान छ। सस्तो मूल्यमा आयात हुने विदेशी फूल र प्लास्टिकका मालाका कारण स्वदेशी उत्पादनले बजारमा चुनौती सामना गर्नु

Back To Top
Modern Footer Design