मधेश प्रदेश । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा वन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ। बजेटअनुसार चालु खर्चतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ अर्थात् ३५.६४ प्रतिशत विनियोजन गरिएको छ। यस्तै, पुँजीगत खर्चका लागि २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ अर्थात् ६४.३५ प्रतिशत रकम छुट्याइएको छ। प्रदेश सरकारले उत्पादन वृद्धि, सेवा प्रवाहमा सुधार तथा विकास निर्माणका आयोजनालाई केन्द्रमा राखेर बजेट तर्जुमा गरेको जनाएको छ।
