तनहुँमा कारको ठक्करबाट दुई बालबालिकाको ज्यान गयो

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भारतमा दर्ता भएको कारले ठक्कर दिँदा स्थानीय ६ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापा गम्भीर घाइते भएका थिए। शुक्रबार विद्यालयबाट घर फर्किने क्रममा उनीहरू दुर्घटनामा परेका हुन्। गम्भीर घाइते दुवै बालबालिकालाई उपचारका लागि चितवन लगिएको थियो। उपचारकै क्रममा शनिबार बिहान उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Back To Top
Modern Footer Design