पोर्चुगलसँग गोलरहित बराबरी, कोलम्बिया समूह ‘के’ को विजेता

मियामी । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ मा कोलम्बियाले शीर्ष स्थान सुरक्षित गरेको छ। अन्तिम समूह चरणको खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेलेपछि कोलम्बिया समूह विजेता बनेको हो।

मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा कोलम्बियाले बलमा राम्रो नियन्त्रण कायम राख्दै ५० प्रतिशतभन्दा बढी पोजिसन आफ्नो पक्षमा राखेको थियो। तर, सिर्जना गरिएका अवसरलाई गोलमा परिणत गर्न सकेन। दोस्रो हाफको इन्जुरी समयमा कोलम्बियाले जाली चुमाए पनि अफसाइड ठहरिएपछि उक्त गोलले मान्यता पाएन।
यो नतिजासँगै कोलम्बियाले तीन खेलबाट ७ अंक जोड्दै समूहको शीर्ष स्थानमा रह्यो।

पोर्चुगल ५ अंकसहित दोस्रो स्थानमा रहँदा डीआर कंगो ४ अंकका साथ तेस्रो स्थानमा रह्यो। उज्वेकिस्तान भने लगातार तीनै खेल हार्दै अंकविहीन रह्यो। समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र डीआर कंगोले नकआउट चरणमा स्थान बनाएका छन्। अन्तिम १६ मा कोलम्बियाले घानाको सामना गर्नेछ भने पोर्चुगलले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ। डीआर कंगोको प्रतिद्वन्द्वी भने अन्य समूहको नतिजापछि तय हुनेछ।

Back To Top
Modern Footer Design