काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। संसद सचिवालयका अनुसार बैठक दिउँसो १२ः१५ बजेका लागि तय गरिएको छ। बैठकको कार्यसूचीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले विनियोजन विधेयक सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। आजको बैठकमा उक्त विधेयक पेश गर्ने बाहेक अन्य कार्यसूची समावेश गरिएको छैन।
