देशका विभिन्न क्षेत्रमा भारी वर्षा, पश्चिम रुकुममा सबैभन्दा बढी वर्षा

काठमाडौं । देशका पूर्वी क्षेत्रमा सक्रिय वर्षा गराउने मौसम प्रणाली क्रमशः दक्षिणतर्फ सर्दै गएको भन्दै मौसम पूर्वानुमान महाशाखाले प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि मध्यम वर्षा जारी छ। सक्रिय प्रणाली दक्षिणतर्फ सर्ने क्रममा रहेकाले त्यसको प्रभाव पर्ने क्षेत्रका नागरिकलाई सतर्क रहन अनुरोध गरिएको हो। यस्तै, पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उल्लेखनीय वर्षा भएको महाशाखाले जनाएको छ। सबैभन्दा धेरै वर्षा कर्णाली प्रदेशको पश्चिम रुकुमस्थित पिपलचौरमा मापन गरिएको छ, जहाँ १८७।८ मिलिमिटर वर्षा रेकर्ड भएको छ। त्यसैगरी, गण्डकी प्रदेशअन्तर्गत कास्कीको लुम्लेमा १३६ मिलिमिटर र स्याङ्जाको पञ्चमूल केन्द्रमा १४४ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Back To Top
Modern Footer Design