ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते

दाङ । घोराहीमा ट्याक्टर र अटो आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ। दुर्घटनामा अटोमा सवार अन्य दुई जना घाइते भएका छन्।

घोराही उपमहानगरपालिका–७ बेसाहीमा बुधबार राति सौडियारबाट सर्रातर्फ जाँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट वसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा घाइते भएका अटो चालक घोराही उपमहानगरपालिका–५ वसन्तपुर निवासी ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा बिहीबार बिहान २ः४५ बजे कोहलपुरस्थित मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। अटोमा सवार अन्य दुई जना घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ। दुर्घटनापछि प्रहरीले ट्याक्टर र चालक घोराही उपमहानगरपालिका–१७ भैसाही निवासी २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Back To Top
Modern Footer Design