कांग्रेस महाधिवेशनमा अतिथिलाई रुख अंकित खादा, चारतारे झण्डाको समेत प्रयोग

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने अतिथिहरूलाई पार्टीको चुनाव चिह्न ‘रुख’ अंकित खादा लगाउने भएको छ।

महाधिवेशनका लागि तयार पारिएको खादा नेवार समुदायको सांस्कृतिक पहिरनसँग मेल खाने रंग र बुट्टामा तयार गरिएको छ। खादामा कांग्रेसको चुनाव चिह्न रुखसँगै पार्टीको चारतारे झण्डासमेत अंकित गरिएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा सुरु भएको छ।

उद्घाटन समारोहमा सहभागी हुन नेपालका विभिन्न राजनीतिक दलका नेताका साथै विदेशस्थित राजनीतिक दलका प्रतिनिधि तथा नेताहरूलाई समेत निमन्त्रणा गरिएको छ। महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसले अतिथिको स्वागतमा प्रयोग गर्ने खादामार्फत पार्टीको पहिचान र सांस्कृतिक पक्षलाई समेत जोड दिएको जनाएको छ।

Back To Top
Modern Footer Design