बडादसैँको चौथो दिन प्रधानमन्त्री बालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

काठमाडाैँ । काभ्रेपलाञ्चोक । प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँको चौथो दिन काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–स्थित प्रसिद्ध पलाञ्चोक भगवती मन्दिर पुगेर पूजाआजा तथा दर्शन गरेका छन्।

पाँचखाल नगरपालिका–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री शाह बुधबार बिहान करिब १० बजे भगवतीको दर्शनका लागि मन्दिर पुगेका थिए। दर्शनका क्रममा प्रधानमन्त्री शाहसँग पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार पनि सहभागी थिए। बडादसैँका अवसरमा पलाञ्चोक भगवती मन्दिरमा भक्तजनको विशेष चहलपहल हुने गर्छ।

Back To Top
Modern Footer Design