काठमाडौं । नेपालमा एआई प्रविधिको प्रयोगमार्फत परीक्षा तयारी गर्न सहयोग पुर्याउने नयाँ डिजिटल प्लेटफर्म ‘PrepX’ सार्वजनिक हुने भएको छ।
उक्त प्लेटफर्मको औपचारिक शुभारम्भ आगामी डिसेम्बर १८, २०२६ मा काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममार्फत गरिने भएको हो।TAP (The Authorized Partner) को आयोजनामा हुने कार्यक्रम काठमाडौंस्थित बेस्ट वेस्टर्न प्लस होटलको अन्नपूर्ण हलमा साँझ ५ बजेदेखि सुरु हुनेछ।आयोजकका अनुसार कार्यक्रममा शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व तथा शैक्षिक संस्थासँग सम्बन्धित प्रतिनिधिहरूको उपस्थिति रहनेछ।
एआई प्रविधिमा आधारित PrepX ले विद्यार्थीलाई डिजिटल माध्यमबाट परीक्षा तयारी गर्न सहज बनाउने अपेक्षा गरिएको छ। यसको सुरुवातसँगै नेपाली विद्यार्थीले आधुनिक प्रविधिको उपयोग गर्दै अध्ययन तथा परीक्षाको तयारी गर्ने नयाँ अवसर प्राप्त गर्ने आयोजकको विश्वास छ।

