खुलामञ्चमा भूमे पर्वको रौनक

काठमाडौँ । मगर समुदायले मनाउने भूमे पर्व काठमाडौँमा पनि उल्लासपूर्वक मनाइएको छ। बागलुङ, रुकुम पश्चिम, पूर्वी रुकुम, रोल्पा, दाङ लगायत मगर बाहुल्य जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ।

भूमे पर्वमा भूमि अर्थात् जमिनको पूजा गरिन्छ। काठमाडौँ उपत्यकामा बसोबास गर्ने मगर समुदायले हरेक वर्ष खुलामञ्चमा मौलिक गीत, नृत्य तथा सांस्कृतिक झाँकी प्रदर्शन गर्दै यो पर्व मनाउने परम्परा छ।

Back To Top
Modern Footer Design