चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन सुरु भएको छ।
महाधिवेशनको उद्घाटन सत्रमा सभापति रवि लामिछाने र नेता बालेन शाहले घण्टी बजाएर कार्यक्रमको सुरुवात गरेका हुन्। उद्घाटन सत्रको सञ्चालन महामन्त्री कबिन्द्र बुर्लाकोटीले गरेका थिए। रास्वपाको यो महाधिवेशन तीन दिनसम्म चल्नेछ।
