पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार निर्माण गर्ने लक्ष्यः स्वर्णिम वाग्ले

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा.स्वर्णिम वाग्लेले पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै आफूहरू कसैलाई हराउन राजनीतिमा नआएको बताएका छन्।

उनका अनुसार रास्वपा देशलाई जिताउन र नयाँ राजनीतिक संस्कार स्थापना गर्नका लागि अघि बढेको हो, पुरानो पुस्तासँग संघर्ष गर्न होइन। उनले रास्वपाको शक्ति आक्रोश मात्र नभई आशा पनि हुनुपर्नेमा जोड दिए। साथै, आलोचना मात्र होइन विकल्प दिनुपर्ने र विद्रोह मात्र होइन निर्माण पनि आवश्यक रहेको उनले बताए।

Back To Top
Modern Footer Design