पर्यटन विधेयक, २०८२ दफावार अध्ययनका लागि संसदीय समितिमा पठाइयो

काठमाडौँ। राष्ट्रिय सभाबाट पारित भई आएको पर्यटन विधेयक, २०८२ लाई थप छलफलका लागि प्रतिनिधिसभाको सम्बन्धित समितिमा पठाइएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले विधेयकलाई दफावार अध्ययन र छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गरेका थिए। पर्यटन क्षेत्रको व्यवस्थापन, नियमन तथा विकाससँग सम्बन्धित विभिन्न व्यवस्था समेटिएको विधेयकमाथि विस्तृत छलफल आवश्यक रहेको उनले बताए। मन्त्री पौडेलको प्रस्तावलाई सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यसपछि प्रतिनिधिसभाले उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने निर्णय गरेको सभामुख अर्यालले जानकारी दिए।

Back To Top
Modern Footer Design