पार्टी, संसद् र सरकारबीच समन्वय मजबुत बनाउन रविको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाएर अघि बढ्नुपर्ने बताएका छन् । आइतबार बसेको रास्वपा सचिवालय बैठकमा सभापति लामिछानेले यी तीनवटै पक्षबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले आपसी समन्वय र सहकार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिएको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै…

Read More

अध्यक्ष ओलीको राजीनामा नमाग्ने सहमति भएको महेश बस्नेतको दाबी

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति भएको बताएका छन्। आइतबार कार्यदलको बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले कार्यदलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष ओलीलाई हटाउने वा उनको आलोचना गर्ने विषय नराख्ने सहमति भएको दाबी गरे। उनका अनुसार पार्टीभित्र विभिन्न…

Read More

१ बजेका लागि बोलाइएको एमाले सचिवालय बैठक ३ बजे बस्ने

काठमाडौं । नेकपा एमालेको आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय सचिवालय बैठक निर्धारित समयमा बस्न सकेन। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक जारी रहेकाले सचिवालय बैठकको समय सारिएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओली दिउँसो १ बजे नै च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगेका थिए। तर सचिवालय बैठक तत्काल बस्न नसकेपछि उनी करिब आधा…

Read More

अमेरिकामा बढ्दैछ सयौँ वर्ष पुरानो चिनियाँ खेल महजोङको क्रेज

काठमाडौं । चीनमा उत्पत्ति भएको परम्परागत टायल खेल महजोङ पछिल्लो समय अमेरिकामा फेरि लोकप्रिय बन्दै गएको छ। कहिल्यै एसियाली समुदायमा सीमितजस्तो देखिने यो खेल अहिले अमेरिकाका विभिन्न सहरमा सामाजिक क्लब, प्रतियोगिता, प्रशिक्षण र विशेष महजोङ स्टुडियोमार्फत नयाँ पुस्तामाझ समेत फैलिन थालेको छ। विशेषगरी अमेरिकी उपनगरहरूमा महजोङ खेल्ने क्लब र समूहको संख्या बढिरहेको छ। सन् २०२५…

Read More

युवतीको विवादमा गोली चल्यो, देवानगञ्जका १९ वर्षीय युवक घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा युवतीसँग सम्बन्धित विवादका क्रममा गोली चल्दा एक युवक घाइते भएका छन्। शनिबार साँझ भएको घटनामा १९ वर्षीय नीरजकुमार यादव घाइते भएका हुन्। गोली लागेर घाइते भएका यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गरिएको छ। चिकित्सकले शल्यक्रिया गरेर उनको दायाँ खुट्टाको माथिल्लो भागमा लागेको गोली निकालेका छन्। यादव देवानगञ्ज–१ को कप्तानगञ्जका…

Read More

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते

सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा साइकलमा सवार अर्का एक व्यक्ति घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार शनिबार राति भएको दुर्घटनामा ७० वर्षीय वाल्मीकि रायको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट घाइते भएका मलङ्गवा नगरपालिका–४ का ५९ वर्षीय महेश महतोको प्रादेशिक…

Read More

हुथीको दाबी–रियादमा ब्यालिस्टिक मिसाइल प्रहार, साउदीले भन्यो रोक्यौँ

साउदी । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादसहित लाल सागरको तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रलाई लक्षित गरी ड्रोन र ब्यालिस्टिक मिसाइलबाट आक्रमण गरेको दाबी गरेको छ। हुथी समूहका सैन्य प्रवक्ता याह्या अल–सारियाले रियादका संवेदनशील स्थान तथा साउदी सरकारी तेल तथा ग्यास कम्पनी अराम्कोका यान्बुस्थित संरचनालाई लक्षित गरी ठूलो संख्यामा ब्यालिस्टिक तथा क्रुज…

Read More

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौँ । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली देखिएको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी र लुम्बिनी…

Read More

देउवा समूह छाडेको नभई कांग्रेसको मूलधारमा फर्किएको घिमिरेको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले आफूहरू पूर्वसभापति शेरबहादुर देउवा पक्ष त्यागेर सभापति गगन थापा समूहमा गएको भन्ने चर्चा गलत भएको बताएका छन् । उनका अनुसार आफूहरू कुनै गुट परिवर्तन गरेर अर्को समूहमा प्रवेश गरेका होइनन्, बरु पार्टीकै मूलधारमा फर्किएका हुन् । महाधिवेशनलाई पार्टीको मुख्य राजनीतिक प्रक्रिया भन्दै उनले आफूहरू त्यसै प्रक्रियामा सहभागी भएको…

Read More

करेन्ट लागेर मृत्यु भएको आशङ्का गरिएको ‘रोनाल्डो’ हात्तीको अन्त्येष्टि

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ। करिब ५३ वर्षको रोनाल्डो विषहजारी पोस्ट नजिकै मृत भेटिएको थियो। पोस्टमार्टमका क्रममा उसको मुखमा विद्युत्को तार भेटिएपछि करेन्ट लागेका कारण मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ। यद्यपि, मृत्युको वास्तविक कारण भने अनुसन्धानपछि मात्र पुष्टि हुने…

Read More
Back To Top
Modern Footer Design