यति एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त

काठमाडौं । यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी युवराज विष्टले पाएका छन्। एयरलाइन्स व्यवस्थापनले मंगलबारदेखि लागू हुने गरी विष्टलाई नयाँ सीईओ नियुक्त गरेको हो। सन् २००९ मा म्यानेजमेन्ट ट्रेनीका रूपमा यति एयरलाइन्समा आबद्ध भएका विष्टले १८ वर्षभन्दा लामो अनुभवपछि कम्पनीको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्। उनको नियुक्तिसँगै यसअघिका सीईओ सुवास सापकोटालाई बिदाइ गरिएको…

Read More

दानबहादुर कार्कीको रिटमा बुधबार सुनुवाइ हुँदै

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध तत्कालीन आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। कार्कीले आफूलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको दाबी गर्दै कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। उनले उक्त निर्णय बदर गर्न माग…

Read More

मानव बेचबिखनसम्बन्धी कानुन संशोधन गरिँदै, दण्ड सजायको दायरा फराकिलो बनाउने प्रस्ताव

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्नलाई कानुनी दायरामा ल्याउन र पीडितलाई न्यायमा पहुँच सुनिश्चित गर्न सरकारले कानुन संशोधनको प्रक्रिया अघि बढाएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन संशोधनका लागि पहिलो संशोधन विधेयक, २०८३ ल्याएको हो। मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला…

Read More

सिन्धुलीमा लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

सिन्धुली । सिन्धुलीमा श्रीमान्ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ। कमलामाई नगरपालिका–१० डाँडाटोलमा मंगलबार राति भएको घटनामा ४० वर्षीया सानुकुमारी कार्कीको ज्यान गएको हो। प्रहरीका अनुसार राति करिब १ बजे ४२ वर्षीय श्रीमान् मनोज कार्की र श्रीमतीबीच विवाद भएको थियो। विवादका क्रममा मनोजले लोहोरोले टाउकोमा प्रहार गर्दा सानुकुमारी गम्भीर घाइते भएकी थिइन्। प्रहारबाट उनको…

Read More

अपराध अनुसन्धानमा आधुनिक प्रविधि र वैज्ञानिक पद्धति आवश्यक : आईजीपी केसी

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले अपराध अनुसन्धानलाई प्रभावकारी र परिणाममुखी बनाउन आधुनिक प्रविधि तथा वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोग अपरिहार्य रहेको बताएका छन्। अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै आईजीपी केसीले वित्तीय अपराधको बदलिँदो स्वरूप र अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोगसँगै नयाँ चुनौती थपिँदै गएको बताए। ‘आधुनिक…

Read More

पश्चिमी वायुको प्रभाव कायमै, दुई प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले आज देशका केही हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। हाल पश्चिमी वायुको प्रभावका कारण हिमाली भूभाग र कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहेको…

Read More

आजको राशिफल

१ मंसिर २०८३, मंगलबार। आजको दिन विभिन्न राशिका व्यक्तिका लागि मिश्रित फलदायी रहनेछ। केही राशिको रोकिएको काम अघि बढ्नेछ भने केहीले आर्थिक तथा पारिवारिक विषयमा संयमता अपनाउनुपर्ने देखिन्छ। हेर्नुहोस् आजको राशिफल। मेष: मेहनत र लगनशीलताले काममा सफलता मिल्नेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आर्थिक लाभको सम्भावना छ। व्यापार–व्यवसायमा सुधार आउनेछ। वृष: भाग्यले साथ दिनेछ। काममा…

Read More

परराष्ट्रमन्त्री खनाल र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ। सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतीय राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका छन्। भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको परराष्ट्रमन्त्रीको…

Read More

यमनमा साउदी समर्थित सेना पछि हट्यो, लालसागरको रणनीतिक जलमार्ग हुथी विद्रोहीको नियन्त्रणमा

काठमाडौं । यमनमा साउदी अरबको समर्थन प्राप्त सरकारी सेना रणनीतिक रूपमा महत्त्वपूर्ण बाब अल–मन्देब जलडमरू क्षेत्रबाट पछि हटेको छ। सेनाको फिर्तीसँगै इरान समर्थित हुथी विद्रोही समूहले लालसागरको प्रवेशद्वार मानिने उक्त क्षेत्रमाथि नियन्त्रण कायम गरेको छ। यमनको सेनाले आफ्नो अन्तरिम राजधानी एडेनको सुरक्षालाई प्राथमिकता दिँदै उक्त क्षेत्रबाट सैनिकहरू अन्यत्र परिचालन गरिएको जनाएको छ। आइतबार जारी सैन्य…

Read More

बझाङमा अटो दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु, एक बालक बेपत्ता

धनगढी । बझाङको बुंगल नगरपालिका–१० स्थित टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने एक बालक बेपत्ता भएका छन्। सोमबार बिहान करिब १०ः३० बजे नम्बर नखुलेको अटो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। दुर्घटनामा अटोमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी टेकबहादुर जोराका अनुसार मृत्यु…

Read More
Back To Top
Modern Footer Design