आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । देशभर अहिले पनि मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले विभिन्न प्रदेशमा वर्षाको सम्भावना देखिएको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णालीको हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले…
