देशभर मनसुनी प्रभाव, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले सोमबार पनि विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भागमा औसतभन्दा दक्षिणतर्फ रहेको छ भने पश्चिमी क्षेत्रमा भने औसत अवस्थाकै आसपास रहेको छ। यसको प्रभावका कारण देशका अधिकांश भूभागमा बदली रहने…

Read More

फलामको पाइपले प्रहार गर्दा धादिङमा बुबाको ज्यान गयो

धादिङ ।धादिङको गङ्गाजमुना गाउँपालिका–४ यार्सा टोलमा आफ्नै छोराले फलामको पाइपले प्रहार गर्दा एक वृद्धको मृत्यु भएको छ। शनिबार अपराह्न घरायसी विवादका क्रममा ३५ वर्षीय सुजन सुनारले आफ्ना ६० वर्षीय बुबा धननारायण सुनारमाथि आक्रमण गरेका थिए। प्रहरीले जनाएअनुसार सुजनले करिब तीन फिट लामो फलामको पाइपले बुबाको टाउकोमा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए। घाइते धननारायणलाई…

Read More

सरकारको १०० दिन,शिक्षामा सुधारका यी उपलब्धि

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यकालको पहिलो १०० दिन पूरा गरेको अवसरमा शिक्षा क्षेत्रमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत शिक्षा क्षेत्रका सुधारका कार्यक्रमहरू सार्वजनिक गरेका हुन्। सरकारले शिक्षा क्षेत्रमा सेवा प्रवाहलाई प्रभावकारी र समयबद्ध बनाउने उद्देश्यका साथ परीक्षा प्रणालीमा सुधार…

Read More

डोल्पामा बोलेरो जिप दुर्घटना, एक जनाको मृत्यु, १३ घाइते

डोल्पा ।डोल्पाको जगदुल्ला गाउँपालिका–४ स्थित मौरेलेख क्षेत्रमा आइतबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्। दिउँसो करिब १स्५० बजे माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट करिब २०–२५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।…

Read More

र्णाली नदीमा बेपत्ता गाडीका चार यात्रुको पहिचान

काठमाडौँ । दैलेखस्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक गाडीमा सवारमध्ये चार जनाको पहिचान खुलेको छ। प्रहरीका अनुसार पहिचान खुल्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँका चालक तुलसीराम सुवेदी, उनका दाजु तथा सहचालक रामप्रसाद सुवेदी, कालीकोटको रास्कोट नगरपालिका–२ की सिर्जना खड्का र पचालझरना गाउँपालिका–९ का मेखे तिरुवा रहेका छन्। मेखे तिरुवाको शव यसअघि नै नदी किनारको भीरमा…

Read More

अतिरिक्त समयमा रोमेरोको गोल, अर्जेन्टिना फेरि अग्रतामा

अमेरिका । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को रोमाञ्चक प्रतिस्पर्धामा अर्जेन्टिनाले केप भर्डेमाथि पुनः अग्रता बनाएको छ। मियामी स्टेडियममा जारी खेलको अतिरिक्त समयमा डिफेन्डर ८८क्रिस्टियन रोमेरो८८ ले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाएका हुन्। दुवै टोलीबीच प्रतिस्पर्धात्मक बनेको खेलमा अर्जेन्टिनाले तेस्रोपटक अग्रता बनाउन सफल भएको हो। अब खेलको बाँकी समयसम्म यो…

Read More

वागढीमा विद्युत् सर्ट भई आगलागी, ४२ लाखको क्षति

झापा । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान भएको आगलागीमा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनाबाट करिब ४२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय चुडामणि गुरागाईंको एकतले टिनको छानो र काठको बेरा भएको चारकोठे घरमा विद्युत् सर्ट भएपछि आगलागी भएको हो। आगलागीका कारण घरभित्र…

Read More

मोड्रिकको सम्भावित अन्तिम विश्वकपमा भावुक बिदाइ

अमेरिका । क्रोएसियाका अनुभवी मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिएको छ। पोर्चुगलसँग २–१ गोलले पराजित भएपछि ४० वर्षीय मोड्रिकले सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल खेलेका हुन्। खेल समाप्तिपछि मोड्रिक र ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोबीच आत्मीय संवाद भएको दृश्यले सबैको ध्यान खिच्यो। रियल म्याड्रिडमा छ सिजन सँगै बिताएका यी दुई खेलाडीले चार पटक…

Read More

आज पनि देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौं । देशभर मनसुन प्रणाली सक्रिय रहेकाले शुक्रबार पनि अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। महाशाखाका अनुसार अहिले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको…

Read More

कपडाको कार्गोबाट ८१ लाखभन्दा बढीका सुनचाँदीका गहना बरामद

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका पठाउन लागिएको कार्गोबाट बरामद सुनचाँदीका गहनाको मूल्य करिब ८१ लाख ७२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक (एसपी) राजकुमार वैदवारका अनुसार बरामद गरिएका सुन तथा चाँदीका गरगहनाको बजार मूल्य ८१ लाख ७२ हजार ३९३ रुपैयाँ निर्धारण गरिएको छ। प्रहरीका अनुसार जुत्ता, पाइन्ट,…

Read More
Back To Top
Modern Footer Design