बचतकर्ताको रकम फिर्ताको कानुनी आधार स्पष्ट पार्न सांसद शर्माको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोम शर्माले सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियामार्फत फिर्ता पाउने भन्ने विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभामा सहकारी ऐन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा सहभागी हुँदै उनले विधेयकले निर्दोष बचतकर्ताको हितलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए। सांसद शर्माले बाग्लुङस्थित इमेज…
