संसद जनताको आवाजलाई प्रभावकारी रूपमा उठाउने थलो होः नेता आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले संसदको गरिमा, प्रभावकारिता र विश्वसनीयतालाई अझ मजबुत बनाउन सबै राजनीतिक दल र सरोकारवालाको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्। संसद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संसद लोकतन्त्रको प्रमुख आधार भएकाले जनताका आवाज र सरोकारलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने साझा जिम्मेवारी सबैको भएको उल्लेख गरे। उनले वि।सं।…

Read More

संसद्को गरिमा जोगाउन सांसद स्वयं मर्यादित हुनुपर्छ ,मन्त्री सोविता गौतम

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र विश्वसनीयता कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र प्रस्तुतिमा विशेष जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएकी छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले संसद् जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था भएकाले यसको मर्यादा जोगाउने दायित्व सांसदहरूको आचरणबाटै पुष्टि हुने उल्लेख गरिन्। पछिल्ला…

Read More

त्रिविको निर्देशन,विभागहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउनुपर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सबै विभागमा रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन जारी गरेको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार सूचना प्रकाशित गर्दै त्रिविअन्तर्गतका सबै विभाग प्रमुखलाई सम्बन्धित संरचना हटाई सोको जानकारी निर्देशनालयमा यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेको हो। निर्देशनालयका अनुसार विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयको निर्देशनअनुसार…

Read More

गृहमन्त्री र गृहसचिवको सवारीबाट ट्राफिकले हटायो कालो सिसा

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठले प्रयोग गर्ने सरकारी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाएको छ। ट्राफिक प्रहरीले उपत्यकाभर कालो सिसा हटाउने विशेष अभियान सञ्चालन गरिरहेका बेला गृहमन्त्री गुरुङ स्वयं ट्राफिक प्रहरी कार्यालय पुगेका थिए। उनले आफ्नो सवारीबाट पनि कालो सिसा हटाउन आग्रह गरेपछि ट्राफिक प्रहरीले आवश्यक…

Read More

कैलालीमा साढे तीन किलोभन्दा बढी चरेससहित तीन जना पक्राउ

कैलाली । कैलालीमा एकै दिन साढे तीन किलोभन्दा बढी चरेससहित तीन जना पक्राउ परेका छन्। प्रहरीले अत्तरिया क्षेत्रका दुई छुट्टाछुट्टै स्थानमा गरेको कारबाहीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार आइतबार दिउँसो अत्तरियास्थित ममता सेकुवा सेन्टरबाट दुई किलो ९५ ग्राम चरेस बरामद गरिएको थियो। उक्त घटनामा सेकुवा सेन्टरका सञ्चालक ४५ वर्षीय शंकरकुमार शाही र धनगढी…

Read More

असार १६ र १७ गते देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश क्षेत्रमा वर्षाको गतिविधि थप सक्रिय हुने जनाएको छ। महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन, चट्याङसहित भारीदेखि धेरै भारी वर्षासमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। आइतबार साँझ जारी विशेष मौसम बुलेटिनमा मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम…

Read More

आज २३औँ राष्ट्रिय धान दिवस, रोपाइँ सुस्त हुँदा उत्पादनप्रति चिन्ता

काठमाडौँ ।देशभर आज २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदै छ। सरकारले २०६१ सालदेखि हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउने परम्परा सुरु गरेको हो। यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ दिवस मनाइँदै छ। तर, पर्याप्त वर्षा नहुँदा यसपटक देशभर धान रोपाइँ अपेक्षाकृत सुस्त…

Read More

चट्याङ लागेर सङ्खुवासभामा महिलाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार वर्षासँगै परेको चट्याङ लाग्दा स्थानीय ३९ वर्षीया कुमारी राई गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुमतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। प्रहरीका अनुसार घरमा रहेको विद्युत् मिटर बक्स बन्द गर्ने क्रममा…

Read More

दक्षिण अफ्रिकामाथि कठिन जित निकाल्दै क्यानडा पहिलोपटक अन्तिम–१६ मा

लस एन्जलस। सहआयोजक क्यानडाले फिफा विश्वकप २०२६ मा इतिहास रच्दै पहिलोपटक अन्तिम–१६ ९प्रिक्वार्टरफाइनल० मा स्थान बनाएको छ। लस एन्जलस रंगशालामा आइतबार बिहान भएको पहिलो नकआउट खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोली गोल गर्न असफल रहे। खेल अतिरिक्त समयमा…

Read More

चार दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीनदेखि चार दिनभित्र मनसुन देशभर फैलिने सम्भावना रहेको जनाएको छ। हाल मनसुनी वायु कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकीका केही र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा सक्रिय रहेको छ। अन्य स्थानमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। महाशाखाका अनुसार गण्डकी र लुम्बिनीका…

Read More
Back To Top
Modern Footer Design