तनहुँमा कारको ठक्करबाट दुई बालबालिकाको ज्यान गयो

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भारतमा दर्ता भएको कारले ठक्कर दिँदा स्थानीय ६ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापा गम्भीर घाइते भएका थिए। शुक्रबार विद्यालयबाट घर फर्किने क्रममा उनीहरू दुर्घटनामा परेका हुन्। गम्भीर घाइते दुवै बालबालिकालाई उपचारका लागि चितवन…

Read More

मालवाहक जहाजमा ड्रोन आक्रमणपछि अमेरिकी जवाफी कारबाही, युद्धविराम उल्लंघन गरेको आरोप

अमेरिका। अमेरिका र इरानबीच हालै भएको युद्धविराम सहमति तनावमा परेको छ। हर्मुज जलडमरूमध्य नजिक एक व्यावसायिक मालवाहक जहाजमाथि ड्रोन आक्रमण भएपछि अमेरिकी सेनाले इरानका सैन्य संरचनामाथि लक्षित हमला गरेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार गएराति अमेरिकी लडाकु विमानले हर्मुज आसपास रहेका इरानी मिसाइल तथा ड्रोन भण्डारण केन्द्र र तटीय राडार प्रणालीलाई निशाना बनाएका थिए।…

Read More

केही क्षेत्रमा मनसुन विस्तारको सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशका अधिकांश क्षेत्रमा मनसुन सक्रिय बन्दै गएको छ। हाल कोशी, मधेश र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुनको प्रभाव देखिएको छ भने अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी चारदेखि पाँच दिनभित्र गण्डकी र लुम्बिनी प्रदेशका बाँकी…

Read More

वालिङमा जीप दुर्घटना, एक जनाको मृत्यु र १७ जना घाइते

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–७ मिर्दी–चापाकोट सडकखण्डमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। शुक्रबार बिहान ताप्केबाट वालिङतर्फ आउँदै गरेको बा।ए। ७९०५ नम्बरको जीप सडक छेउमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनामा घाइते भएका वालिङ–७ का २५ वर्षीय राजेन्द्र विरकट्टाको उपचारका क्रममा मृत्यु भएको हो। अन्य घाइतेमध्ये केहीको…

Read More

रोटरी जर्नो अवार्डबाट उत्कृष्ट पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्य: बासुदेव गोल्यान

काठमाडौँ । रोटरी इन्टरनेशनलका निर्देशक बासुदेव गोल्यानले रोटरी जर्नो अवार्ड २०२५–२०२६ को मुख्य उद्देश्य मेहनतपूर्वक काम गर्ने उत्कृष्ट पत्रकारलाई प्रोत्साहन र सम्मान गर्नु रहेको बताएका छन्। कार्यक्रममा उनले रोटरीले लामो समयदेखि पत्रकारहरूलाई सम्मान गर्दै आएको उल्लेख गर्दै यो कुनै व्यक्तिगत निर्णय नभई संस्थागत सहमतिमा प्रदान गरिने अवार्ड भएको स्पष्ट पारे। उनका अनुसार रोटरी समाजसेवामा समर्पित…

Read More

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ अघि बढाउने पहल

ललितपुर । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले सीप तथा रोजगार मेला आयोजना गरेको छ। रोजगार सेवा केन्द्र र जीविको इजिसिएटिभ्सको सहकार्यमा ‘ललितपुर समृद्धि र सुशासनको आधार, सम्पदा–संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नारासहित कार्यक्रम गरिएको हो। मेलामा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, तालिम प्रदायक संस्था र रोजगारदाताको सहभागिता रहेको थियो। कार्यक्रमले…

Read More

रास्वपाको नेतृत्व असक्षम र महाधिवेशन व्यवस्थापन कमजोरः ऐन महरको आरोप

काठमाडौँ । एमालेका प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनलाई लिएर कडा टिप्पणी गरेका छन्। उनका अनुसार महाधिवेशनको व्यवस्थापन र सहभागिताको ढिलासुस्तीले पार्टीको नेतृत्वको क्षमता र परिपक्वतामाथि प्रश्न उठाएको छ। उनले १४२ सिट जितेको दाबी गर्ने पार्टीको महाधिवेशनमा प्रधानमन्त्रीसहित चर्चित व्यक्तिहरूको उपस्थिति र १०–१२ हजारको भीडलाई मात्रै ठूलो उपलब्धि मान्न नसकिने बताए।…

Read More

रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता गर्दै विपिन आचार्यलाई समर्थन गरिन्

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेकी छन्। चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो समर्थन विपिन आचार्यलाई रहने बताइन्। “आजको दिनमा मेरो भोट र समर्थन पनि विपिन आचार्यलाई हो,” उनले भनिन्। यसअघि महामन्त्री पदका उम्मेदवारहरू गणेश पराजुली, प्रमोद न्यौपाने र…

Read More

आज मन्त्रिपरिषद् बैठक, विभिन्न विषयमा छलफल हुने

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय गरिएको हो। बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ।

Read More

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक पुनः सारियो

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन लम्बिन पुगेपछि प्रतिनिधिसभाको बैठक फेरि प्रभावित भएको छ। महाधिवेशन नसकिएकै कारण बैठक दोस्रो पटक स्थगित गरिएको हो। आज दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक शनिबार बिहान ११ बजेका लागि सारिएको छ। यसअघि पनि बैठकको मिति दुई पटक परिवर्तन भइसकेको थियो। आजको बैठकमा पाँच वटा…

Read More
Back To Top
Modern Footer Design