एकैदिन तोलामा ८ हजार रुपैयाँ उकालो लाग्यो सुनको भाउ
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। एकैदिन प्रतितोला ८ हजार रुपैयाँ बढ्दै छापावाल सुनको मूल्य २ लाख ९६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। यससँग तुलना गर्दा एकैदिन सुनको मूल्यमा ठूलो वृद्धि देखिएको हो। यस्तै,…
