प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्ने भएका छन्। उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन्। प्रधानमन्त्री शाह आज अपराह्न ४ः१५ बजे कतार एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्युयोर्क प्रस्थान गर्नेछन्। उनको टोलीमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा,…

Read More

प्रतिनिधिसभा बैठक आज, विधेयकदेखि लगानीसम्मका विषयमा छलफल हुँदै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। प्रतिनिधिसभाको मुख्य बैठकअघि नै आज विभिन्न चार संसदीय समितिका बैठक पनि बस्ने भएका छन्। संसद् सचिवालयका अनुसार बिहान १० बजे अर्थ…

Read More

देशभर मनसुन र पश्चिमी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर अहिले मनसुनी वायुसँगै पश्चिमी वायुको समेत प्रभाव देखिएको छ। मौसममा बदलीसँगै विभिन्न स्थानमा वर्षा भइरहेको छ भने आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको छ। यसैबीच उत्तर अन्डमान सागर आसपास…

Read More

विपद्पछि काम गर्न संसदीय विशेष समिति गठन

काठमाडौं । हिमालमा बढ्दो जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद्पछि आवश्यक काम अघि बढाउन प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन’ गर्ने प्रस्ताव पेस गरिएको थियो। बैठकमा प्रस्तुत प्रस्तावलाई प्रतिनिधिसभाले सर्वसम्मत रूपमा स्वीकृत गरेसँगै विशेष समिति गठन भएको हो।

Read More

११ दिनपछि पुरिएको घरबाट उद्धार भएकी चण्डिकाको स्वास्थ्यमा सुधार

काठमाडौं । रसुवाको बाढीमा घाइते भएर आफ्नै पुरिएको घरबाट ११ दिनपछि उद्धार गरिएकी ६३ वर्षीया चण्डिका श्रेष्ठको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बाढीले घरसहित बगाएर पुर्‍याएपछि उद्धार गरिएकी श्रेष्ठ अहिले अस्पतालको प्लास्टिक सर्जरी विभागमा उपचाररत छिन्। चिकित्सकका अनुसार उनको दाहिने घुँडा र तिघ्रामा चोट लागेको छ। घाउ गम्भीर भएकाले त्यसलाई छालाले ढाक्न सोमबार स्किन…

Read More

त्रिपुरेश्वरमा चालकले बसभित्रै आगो लगाए, घाइते भई अस्पताल भर्ना

काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफैँ बसभित्र बसेर आगो लगाएका छन्। बा ५ ख ४२७४ नम्बरको बसका २५ वर्षीय चालक दावा लामाले सोमबार यस्तो कदम चालेका हुन्। प्रहरीका अनुसार घटनाका बेला बसमा कुनै यात्रु थिएनन्। चालकले बसभित्रै आगो लगाएपछि आगो तीव्र रूपमा फैलिएको थियो। घटनालगत्तै दमकल पुगेर आगो नियन्त्रणमा लिएको थियो। आफैँले…

Read More

डाटा सेन्टरमा प्राविधिक समस्या, आज सेयर कारोबार स्थगित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारका लागि तय भएको नियमित सेयर कारोबार स्थगित गरेको छ। ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर रहेको डाटा सेन्टरमा आएको प्राविधिक समस्या समाधान नभएपछि कारोबार रोकिएको हो। नेप्सेका अनुसार डाटा हब प्रालिको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि नै प्राविधिक समस्या देखिएको थियो। समस्या समाधानका लागि प्रयास भइरहेको…

Read More

मनास्लुमा हिमपहिरोको त्रास, भारतीय–जर्मन आरोही र शेर्पाको मृत्यु

गोरखा । मनास्लु हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय–जर्मन आरोही ध्रुवज्योति गुहा र उनका आरोहण सहयोगी फुर्सेम्बा शेर्पा रहेको बताइएको छ। स्थानीयका अनुसार शनिबार मनास्लु आरोहणका क्रममा उनीहरू तेस्रो शिविरसम्म पुगेका थिए। राति अचानक हिमपहिरो खसेपछि टेन्टभित्र रहेका उनीहरू त्यसैमा पुरिएका थिए। मौसम खराब भएपछि भारी वर्षा भएको र…

Read More

सङ्घीय संसद्का दुवै सदनको बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज सोमबार बस्दैछ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ भने राष्ट्रियसभाको बैठक त्यसको १५ मिनेटपछि बस्ने कार्यतालिका छ। प्रतिनिधिसभाको बैठकको सुरुवातमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउने कार्यसूची रहेको छ। बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक…

Read More

मनसुन र पश्चिमी वायुको प्रभाव, चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण विभिन्न स्थानमा मौसम बदली हुनुका साथै वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। महाशाखाले जनाएअनुसार उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय…

Read More
Back To Top
Modern Footer Design