बचतकर्ताको रकम फिर्ताको कानुनी आधार स्पष्ट पार्न सांसद शर्माको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोम शर्माले सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियामार्फत फिर्ता पाउने भन्ने विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभामा सहकारी ऐन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा सहभागी हुँदै उनले विधेयकले निर्दोष बचतकर्ताको हितलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए। सांसद शर्माले बाग्लुङस्थित इमेज…

Read More

गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल, सुरक्षण मुद्रण केन्द्रमा ढुंगाना नियुक्त

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, नेपाल…

Read More

मुलुकी अपराध संहिता संशोधनको प्रस्ताव फिर्ता लिन राप्रपा सांसद ज्ञानेन्द्र शाहीको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकारले मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ संशोधनका लागि अघि सारेको प्रस्तावित मस्यौदा संविधानको भावना र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले प्रस्तावित संशोधनले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक बहुलवाद तथा लोकतान्त्रिक अधिकारमाथि प्रतिकूल असर पार्न…

Read More

दक्षिण चीनमा आँप टिप्न ड्रोनको प्रयोग बढ्दो, किसानलाई समय र श्रम बचत

काठमाडौँ । दक्षिण चीनको बेइसे सहरमा आँप भित्र्याउने मुख्य सिजन सुरु भएसँगै किसानहरूले आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिएका छन्। यस वर्ष परम्परागत रूपमा हातैले आँप टिप्ने अभ्यासलाई विस्थापित गर्दै ड्रोनमार्फत फल संकलन गर्न थालिएको हो। स्थानीय किसानका अनुसार ड्रोनको प्रयोगले काम छिटो र सहज बनेको छ। ड्रोन अपरेटर याङ जियाङले पहिले १० हजार किलोग्राम आँप…

Read More

विश्व खेलकुद पत्रकार दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौँ। विश्वभर आज जुलाई २ का दिन विश्व खेलकुद पत्रकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। खेलकुद पत्रकारिताको महत्व र यस क्षेत्रमा कार्यरत पत्रकारहरूको योगदानको सम्मानस्वरूप प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ। सन् १९९४ देखि औपचारिक रूपमा मनाउन थालिएको यो दिवस सन् १९२४ मा बेलायतमा अन्तर्राष्ट्रिय खेलकुद प्रेस संघ (एआईपीएस) स्थापना भएको दिनको सम्झनामा मनाइन्छ।…

Read More

भूकम्पपछि भेनेजुएलामा मानवीय संकट चुलियो, अमेरिकी प्रतिबन्धले राहत वितरणमा चुनौती

काठमाडौँ । शक्तिशाली भूकम्पबाट ठूलो क्षति बेहोरेको भेनेजुएलामा मानवीय संकट झन् गहिरिँदै गएको छ । अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री र आर्थिक सहायता प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा पुर्‍याउन कठिनाइ भइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । गत साता आएको विनाशकारी भूकम्पपछि संयुक्त राज्य अमेरिकाले केही प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाए पनि दीर्घकालदेखि लागू प्रतिबन्धको संरचनाले…

Read More

मोबाइल चोरीको आरोपमा बालबालिकालाई रूखमा बाँधेर कुटपिट गर्ने चार महिला पक्राउ

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा चार बालबालिकालाई मोबाइल चोरीको आरोप लगाउँदै रूखमा बाँधेर कुटपिट गरेको घटनामा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बालबालिकालाई डोरीले बाँधेर शारीरिक दुर्व्यवहार गरेको आरोपमा ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवीकुमारी आले मगर, ३० वर्षीया रानीमाया मोक्तान र ४२ वर्षीया निर्मला वाइवालाई नियन्त्रणमा…

Read More

चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। बिहीबार बिहानदेखि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। पछिल्लो…

Read More

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो प्रक्रिया हटाउन युएईसँग नेपालको अनुरोध

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स ९युएई० जाने नेपाली श्रमिकले प्रहरी चारित्रिक प्रमाणपत्र दोहोर्याएर लिनुपर्ने व्यवस्था हटाउन युएई सरकारसँग आग्रह गरेका छन्। नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसीसँग भएको भेटवार्ताका क्रममा मन्त्री यादवले यस्तो आग्रह राखेका हुन्। उनले श्रमिकलाई झन्झटमुक्त र सहज सेवा…

Read More

हवाई इन्धन सस्तो भएपछि आन्तरिक उडानको भाडा घट्यो

काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक उडानका लागि लागू हुने इन्धन सरचार्जमा कटौती गरेको छ। संशोधित दर बुधबारदेखि नै लागू गरिएको प्राधिकरणले जनाएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ घटाएपछि प्राधिकरणले नयाँ इन्धन सरचार्ज निर्धारण गर्दै सबै वायुसेवा कम्पनीलाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको हो।…

Read More
Back To Top
Modern Footer Design