पूर्वाधारमन्त्री लम्सालको ठेकेदारलाई धम्कीपूर्ण अभिव्यक्ति

काठमाडौँ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डको अनुगमनका क्रममा ठेकेदारविरुद्ध विवादास्पद अभिव्यक्ति दिएका छन्।

आइतबार सडक अनुगमनका क्रममा उनले काममा ढिलाइ गर्ने ठेकेदारलाई लक्षित गर्दै “खुट्टा भाँच्ने” सम्मको चेतावनी दिएपछि सो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको छ। सडक विस्तार कार्यमा ढिलाइ हुँदा स्थानीयले भोग्नुपरेको समस्याप्रति असन्तुष्टि जनाउँदै मन्त्रीले आवेशमा यस्तो प्रतिक्रिया दिएको बताइएको छ। उक्त सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको कम्पनीले ढिलाइ गर्दा काम प्रभावित भएको र दुर्घटनाको जोखिम बढेको भन्दै मन्त्रीले कडा निर्देशन दिएको स्रोतले जनाएको छ। मन्त्रालयले भने आयोजना छिटो सम्पन्न गर्न दबाब बढाउन खोजिएको भए पनि अभिव्यक्ति शैलीबारे छलफल हुनसक्ने संकेत दिएको छ।

Back To Top
Modern Footer Design