८८पहिलो हाफमै नेदरल्यान्ड्सको दुई गोलको अग्रता८८

अमेरिका। फिफा विश्वकप २०२६ अन्तर्गत ट्युनिसियाविरुद्ध जारी समूह चरणको खेलमा पहिलो हाफ सकिँदा नेदरल्यान्ड्सले २–० को सहज अग्रता बनाएको छ।

नेदरल्यान्ड्सले खेलको सुरुआतमै आक्रामक प्रदर्शन गर्दै पहिलो सात मिनेटभित्र दुई गोल गर्‍यो। तेस्रो मिनेटमा ट्युनिसियाका इलएस सखिरीले आफ्नै पोस्टमा बल छिराउँदा नेदरल्यान्ड्सले अग्रता लिएको थियो। त्यसको चार मिनेटपछि ब्रायन ब्रोबेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि पहिलो हाफमा थप गोल हुन सकेन र नेदरल्यान्ड्स २–० को अग्रतासहित विश्राममा पुग्यो।

Back To Top
Modern Footer Design