साउदी अरबले ३३ नेपाली कैदीलाई दियो आममाफी

साउदी। साउदी अरब सरकारले रमजानको अवसर पारेर ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधपछि साउदी अरबले उक्त आममाफी प्रदान गरेको हो।मन्त्रालयले यो निर्णयलाई नेपाल र साउदी अरबबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध, आपसी सद्भाव र सहयोगको प्रतीकका रूपमा लिएको जनाएको छ। आममाफी पाएका नेपाली नागरिकले साउदी अरबको आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन पाउने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Back To Top
Modern Footer Design