देशभर मनसुन सक्रिय, बुधबार पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

अमेरिका । नेपालभर मनसुन सक्रिय भएसँगै बुधबार देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु पश्चिमी सीमासम्म पुगेपछि गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू(भागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि मनसुन फैलिएको छ। यससँगै यस वर्ष मनसुन देशभर विस्तार भएको छ।

महाशाखाका अनुसार नेपालमा सामान्यतया जुन १३ देखि मनसुन सुरु भई करिब एक साताभित्र देशभर फैलिने गर्छ। तर यस वर्ष औसत समयभन्दा ६ दिन ढिलो अर्थात् असार ५ गते ९जुन १९० पूर्वी नेपालबाट मनसुन भित्रिएको थियो। त्यसपछि क्रमशः विभिन्न प्रदेशमा फैलिँदै १२ दिनमा देशभर पुगेको हो।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बदली रहेको छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा कोशीका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात हुने सम्भावना छ भने पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

तराईका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू(भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। मौसमको अवस्थाबारे नियमित रूपमा अद्यावधिक सूचना जारी गरिने पनि विभागले जनाएको छ।

Back To Top
Modern Footer Design