काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा सहआयोजक अमेरिका बोस्निया तथा हर्जगोभिनाविरुद्ध बलियो अवस्थामा पुगेको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी खेलको ८२औं मिनेटमा मलिक टिलम्यानले उत्कृष्ट फ्रिकिक गोल गर्दै अमेरिकालाई २–० को अग्रता दिलाएका हुन्।
टिलम्यानले पेनाल्टी क्षेत्रभन्दा बाहिरबाट प्रहार गरेको फ्रिकिक सिधै जाली चुमेपछि अमेरिकाले आफ्नो अग्रता थप मजबुत बनाएको हो। यसअघि पहिलो हाफको ४५औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए। यद्यपि दोस्रो हाफको ६४औं मिनेटमा बालोगुनले रातो कार्ड पाएपछि अमेरिका १० खेलाडीमा सीमित भएको थियो। एक खेलाडी कम भएर खेले पनि अमेरिकाले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता दोब्बर बनाउन सफल भएको छ।
