र्णाली नदीमा बेपत्ता गाडीका चार यात्रुको पहिचान

काठमाडौँ । दैलेखस्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक गाडीमा सवारमध्ये चार जनाको पहिचान खुलेको छ।

प्रहरीका अनुसार पहिचान खुल्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँका चालक तुलसीराम सुवेदी, उनका दाजु तथा सहचालक रामप्रसाद सुवेदी, कालीकोटको रास्कोट नगरपालिका–२ की सिर्जना खड्का र पचालझरना गाउँपालिका–९ का मेखे तिरुवा रहेका छन्। मेखे तिरुवाको शव यसअघि नै नदी किनारको भीरमा अड्किएको अवस्थामा फेला परेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि शव आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

गत असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडा क्षेत्रमा सडकबाट अनियन्त्रित भई कर्णाली नदीमा खसेको थियो। दुर्घटनाका बेला गाडीमा कति जना सवार थिए भन्ने विषय अझै यकिन हुन सकेको छैन। बेपत्ता यात्रुको खोजीका लागि शनिबारदेखि गोताखोरसहितको उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

Back To Top
Modern Footer Design